- आइतबार नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन समारोहमा बोल्दै उनले यसले नेपाल प्रहरीमा ठूलो सकरात्मक परिवर्तन ल्याउने बताएका हुन् ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा असल नेतृत्व विकासको लागि नेपाल प्रहरी स्टाफ कोर्सले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
आइतबार नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन समारोहमा बोल्दै उनले यसले नेपाल प्रहरीमा ठूलो सकरात्मक परिवर्तन ल्याउने बताएका हुन् ।
उनले भने, ‘प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्तिहरु बनाउनका लागि सफल हुनेछ । यसले नेपाल प्रहरीमा ठुलो सकरात्मक परिवर्तन ल्याउनेछ । ५÷ १० वर्षपछि त्यसको मूल्याङन गरिने छ । नेतृत्व विकासको लागि यसले ठुलो काम गर्नेछ ।’
गृहमन्त्री लेखकले विधेयकमार्फत नै प्रहरी निरीक्षक र त्यो भन्दा माथिको दर्जा प्रहरी अधिकृतहरुको नेतृत्व विकासकाको लागि नेपाल प्रहरी स्टाफ कोर्सको स्थापना गरिने उद्देश्यलाई समेटिएको बताए ।
‘हामीले विधेयक संसद्मा प्रस्तुत गरेका छौ । त्यो विधेयक नेपाल प्रहरी स्टाफ कोर्सको कुरा गरेको छ । त्यसमा मूलत प्रहरी निरीक्षक र त्यो भन्दा माथिको दर्जा प्रहरी अधिकृतहरुको नेतृत्व विकासको परियोजनाको लागि नेपाल प्रहरी स्टाफ कोर्सको स्थापना गरिने र त्यसमा पढाइ गरिने भनेर उद्देश्यलाई उल्लेख गरेका छौ,’ उनले भने ।
उनले पूरानो काम विर्सिने र अहिलेको कुरा मात्र सझिराख्ने चलन गलत भएको भन्दै हिजोले आज र आजले भोलीमा लागि भविश्य तयार गर्ने बताए ।
‘हामी कहाँ के चलन छ भने पहिलको चलन बिर्सिहाल्ने अहिलेको कुरा मात्र सझिराख्ने चलन छ । हिजोले आज जन्माउछ र आजले भोलीमा लागि भविश्य तयार गर्छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’