स्रोत नभएका आयोजनाहरू स्थगन र त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने
२०८२ वैशाख १९ शुक्रवार
- आगामी आर्थिक वर्षमा सम्पन्न हुनेगरी समय तालिका निर्धारण गर्ने आयोजनाहरू निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी आवश्यक स्रोत नभएका आयोजनाहरू स्थगन गर्ने, त्रुटिपूर्ण आयोजनाहरू खारेज गर्ने,’ राष्ट्रपति पौडेलले भने ।
काठमाडौं : सरकारले घोषणा गरेका पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने भएको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने बताएका हुन् ।
उनले भने, ‘विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकीकरण गर्ने । आगामी आर्थिक वर्षमा सम्पन्न हुनेगरी समय तालिका निर्धारण गर्ने आयोजनाहरू निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी आवश्यक स्रोत नभएका आयोजनाहरू स्थगन गर्ने, त्रुटिपूर्ण आयोजनाहरू खारेज गर्ने,’ राष्ट्रपति पौडेलले भने ।
साथै उनले विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकीकरण गरिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’