आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : बाबुराम भट्टराई
२०८२ वैशाख १९ शुक्रवार
- सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो नीति सामान्य रुपमा पास भएको प्रथम श्रेणीमा नपरेको बताएका हुन् ।
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनताको जिवनमा प्रभाव पार्ने खालको नभएको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो नीति सामान्य रुपमा पास भएको प्रथम श्रेणीमा नपरेको बताएका हुन् ।
उनले भने, ‘सुशासनको क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरुलाई बलियो बनाउछौँ र सुधार गर्छौँ भन्न सक्नुपथ्र्यो त्यो नभन्दा त्यसलाई निरन्तरता जस्तो भयो । यो सामान्यरुपमा पास त भयो तर फस्ट डिभिजनमा आएन । जनताको जिवनमा प्रभाव पार्ने, जो मान्छेले अपेक्षा गरेको छ त्यो चै आएन । त्यो हुनुमा उहाँहरुको दृष्टिकोणमा समस्या पर्यो ।’
उनले नेपाल कृषि प्रधान देश भएकाले १० वटा कुरा गर्नुको साटो वैज्ञानिक भूमि सुधार गर्नेछाँै भन्नुपर्ने बताए ।
‘नेपाल अहिले पनि कृषि प्रधान देश हो । वैज्ञानिक भूमि सुधार भनेर हाम्रो संविधानमा उल्लेख छ, त्यसलाई १० वटा कुरा गर्नु साटो वैज्ञानिक भूमि सुधार गर्नेछाँै भने हुन्छ यसले आशा पनि जगाउँछ,’ उनले भने ।
उनले देशको आर्थिक विकास क्रमिक भईरहेको भन्दै २ अंकको वृद्धिदर नघटेको बताए । उनले आर्थिक वृद्धिदर थप हुने गरी आर्थिक नीति नबनेको बताए
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।