सरकारको नीति परम्परागत र निराशाजनक : पूर्वअर्थमन्त्री पुन

२०८२ वैशाख १९ शुक्रवार
सारांश
  • पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताएका हुन् ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन् ।


पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताएका हुन् ।


उनले भने, ‘यो नीति कार्यक्रम हेर्दा गन्तव्यविहीन जस्तो लाग्यो । अर्कोतिर निराश खालको लाग्यो । एउटा परम्परागत खालको लाग्यो । विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने हो र त्यो कार्यक्रममा बजेट राख्ने र त्यसमा स्रोत जुटाउने काम हुन्थ्यो । यसपटक त्यस्तो छैन । त्यसैले सरकार गन्तव्यहीन चलिरहेको छ । त्यस्तो ल्याएको देखिन्छ ।’


साथै उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छलेर आफू अनूकुलको योजना राख्न खोजेको बताए ।


उनले भने, ‘संसदलाई छलेर कार्यक्रम आफू खुसी गर्न खोजे जस्तो देखिन्छ । बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने संकेत देखिएको छ, यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पु¥याउन सक्दैन ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार