धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन् : डा.कोइराला
२०८२ वैशाख १८ बिहीवार
- १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीवार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् ।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीवार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् ।
उनले भने, ‘हामीले केही हासिल गरेका छैनौ भन्ने होइन । हासिल गरेका छौं । अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा सफल भएको छ । अव यसमा अनौपचारिक क्षेत्रलाई हामीहरुले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्ने चुनौतिको विषय भएको छ । यसलाई गम्भीर रुपमा लिएर अगाडि जानुछ । मंैले धेरै प्रयास गरें । नेपाली कांग्रेसले पनि धेरै प्रयास गर्यो तर अझै श्रमिक आयोग बनाउन सकेको छैनौ । यसका लागि नेपाली कांग्रेस सँधै तयार रहिरहन्छ ।’
उनले होटेलमा कार्यगत श्रमिकहरुले सेवा शुल्क वापत पाउने १० प्रतिशतका लागि कानून बनाएर अगि बढ्नुपर्ने बताए ।
‘होटलमा कार्यरत श्रमिकहरुले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ । उहाँहरुले धेरै ठुलो कुरा माग गर्नुभएको छैन् । कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतको पनि भनेको छ । त्यसका लागि नेपाली कांग्रेस कानून बनाउन अगाडि बढ्छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।