हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही
२०८२ वैशाख १७ बुधबार
- गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको बताएका हुन् ।
पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् । गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको बताएका हुन् ।
उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ । अब धर्म बचाउन, परम्परा बचाउन, माता शिताको जन्मभूमि बचाउन, ३३ कोटीदेवि देवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक छ । किनभने यो पृथ्वी सनातनको देश हो । आज छोरी चेलिहरु बलात्कृत भएका छन् । केही मान्छेहरुले यो देशमा धर्म संस्कार हुँदैन भने त्यसैको परिणाम हाम्रो छोरीचेलिहरुले भोग्नु परेको छ । हामीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ । ’
साथै उनले हाम्रो देश, हाम्रो भूमि संसारभरीलाई नै उज्यालो ज्योति छर्ने भूमि भएको बताए । उनले आज यही भूमिमा कसैले धर्म संस्कारको कुरा गर्दा त्यसलाई नंग्याउनुपर्छ भनेर नेपालका मिडिया, प्रशासनहरु लाग्ने गरेको बताए ।
उनले भने, ‘यो हाम्रो देश, यो हाम्रो भूमि संसारभरीलाई नै उज्यालो ज्योति छर्ने भूमि हो । आज यही भूमिमा कसैले धर्म संस्कारको कुरा गर्यो भने त्यसलाई नंग्याउनुपर्छ भनेर नेपालका मिडिया, प्रशासनहरु लाग्छन् । विदेशी धर्मको पूजाआजा गर्दा विभिन्न किसिमका नक्कली प्रचार गर्छन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’