- शिक्षकका जायज माग पुरा गराउन आन्दोलनका वैकल्पिक गतिविधी सञ्चालन गरी विद्यालय खुलाउन उनीहरुले आग्रह गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले सूचना प्रकाशित गरी लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भई बालबालिकाको पढ्न पाउने अधिकारबाट बञ्चित भएकोले विद्यालय नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
सुर्खेत : कर्णालीका स्थानीय सरकारले शिक्षण संस्था सञ्चालन गर्न निर्देशन दिएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाले लामो समय बन्दका कारण शैक्षिक गतिविधी ठप्प भएको भन्दै विद्यालय खुलाउन निर्देशन दिएका छन् ।
शिक्षकका जायज माग पुरा गराउन आन्दोलनका वैकल्पिक गतिविधी सञ्चालन गरी विद्यालय खुलाउन उनीहरुले आग्रह गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले सूचना प्रकाशित गरी लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भई बालबालिकाको पढ्न पाउने अधिकारबाट बञ्चित भएकोले विद्यालय नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागी स्थानीय सरकार प्रत्यत्नशील रहँदै आएको र लामो समयको विद्यालय बन्दले पठनपाठन ठप्प भएको भन्दै विद्यालय खुलाउन नगरपालिका शिक्षक महासंघलाई आग्रह गरेको छ ।
शिक्षकका जायज तथा संविधानसम्मत मागहरूको सम्बोधन गराउनका लागी वैकल्पिक तवरले उठान गर्न निर्देशन दिएको नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले बताए । ‘शिक्षकका जायज माग पूरा गर्न नेपाल सरकारलाई अनुरोध गरेका छौं’ शर्माले भने, ‘सम्पूर्ण विद्यालय शैक्षिक सत्र २०८२ को भर्ना अभियान, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरू तत्काल सञ्चालन गर्न निर्देशन दिएका छौं ।’
बैशाख १७ गतेदेखि नियमित रुपमा विद्यालयहरूमा पठनपाठन कार्य सुचारु गर्न गराउन हुन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायत सम्बन्ध पक्ष सबैमा आवश्यक समन्वय, सहजीकरण तथा सहकार्यका लागि अनुरोध गरिएको उनले बताए ।
चिङ्गाड गाउँपालिकाले पनि विद्यालय सञ्चालनका गर्नका लागि शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ । शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियानको अवधि सकिँदा समेत विद्यालयमा पठनपाठन हुन नसक्दा त्यसले पार्ने प्रभावलाई मध्यनजर गरी विद्यालय खोल्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष बोधबिक्रम जिसीले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।