सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकरात्मकरुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली
२०८२ वैशाख १७ बुधबार
- बुधबार सतापक्षीय राजनीतिक दलको बैठकपछि उनले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठकको आयोजना गरिएको भन्दै बैठकमा मुख्य मुख्य विषयहरुको बारेमा महत्वपूर्ण सुझावहरु आएको बताए ।
काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठक आयोजना गरिएको बताएका छन् ।
बुधबार सतापक्षीय राजनीतिक दलको बैठकपछि उनले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठकको आयोजना गरिएको भन्दै बैठकमा मुख्य मुख्य विषयहरुको बारेमा महत्वपूर्ण सुझावहरु आएको बताए ।
उनले भने, ‘आजको बैठक राष्ट्रपतिको तर्फबाट नेपाल सरकारको आर्थिक वर्ष २०८२, ८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि आयोजना गरिएको थियो । सत्ता सहयात्री दलहरुले यो वर्षको नीति आगामी वर्षको नीति कार्यक्रममा समेट्नु पर्ने मुख्य मुख्य विषयहरुको बारेमा महत्वपूर्ण सुझावहरु दिनु भएको छ ।’
यस्तै, युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उद्यमशिलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरु आउनु पर्ने सुझाव आएको पनि बताए ।
उनले भने, ‘युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उनीहरुमा उद्यमशिलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरु आउनु पर्छ भन्ने सुझाव पनि आएको छ । अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारको खर्च गर्ने क्षमता बढाउने अनावश्यक र फजुल खर्चहरुलाई कटौती गर्ने र सरकारको कार्य क्षमतालाई बढाउने कुराहरु पनि आएको छ ।’
उनले शिक्षकहरुसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको भन्दै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमती भएर भोलीदेखि सहज तरिकाले पठनपाठन हुने वातावरण निर्माण हुने बताए ।
विगतको भन्दा राम्रो र परिवर्तन गर्न सक्ने खालको नीति तथा कार्यक्रम आउने र बजेटलाई त्यही हिसाबले अगाडि बढ्नुपर्छ भन्ने सुझाव आएको उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।