रविन्द्र मिश्रप्रति राज्यले गरेको दुव्र्यवहार सच्याइयोस् : सांसद झा
२०८२ वैशाख १६ मंगलवार
- मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएपनि राज्यले गरिरहेको दुव्र्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाअध्यक्ष रविन्द्र मिश्रलाई राज्यले दुव्र्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएपनि राज्यले गरिरहेको दुव्र्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।
उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रविन्द्र मिश्र ज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुव्र्यवहारप्रति मेरो घोर विमति छ । त्यसैले त्यसमा सच्याईयोस् ।’
त्यस्तै, उनले गत बैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेको प्रमाणित भएको बताए ।
उनले भने, ‘बैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा वाक्य प्रयोग गर्नुभयो कि ‘नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुपर्ने थियो । एक झापु लगाए । ठिक गरेर हिरासतमा पुराए’उहाँप्रति आभारी छ कि स्वीकार्नु भयो राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु । आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वादविाद गर्न नआउनुहोला ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’