- आज अपरान्ह गोलबजार चोकमा एकत्रित भएका तरुण दलका युवाहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पूर्व पश्चिम राजमार्ग समेत केही समयका लागि अवरुद्ध बनाएका थिए ।
सिरहा : नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ ।
आज अपरान्ह गोलबजार चोकमा एकत्रित भएका तरुण दलका युवाहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पूर्व पश्चिम राजमार्ग समेत केही समयका लागि अवरुद्ध बनाएका थिए ।
लिङदेन विरुद्ध चर्का नारावाजी गर्दै तरुण दल समर्थित युवाहरुले संसद भवनमा झुटा वयान दिएर नेपाली कांग्रेसका एक प्रतिष्ठित नेताको बदनाम गर्ने काम गरेको भन्दै आक्रोस पोखेका थिए । तरुण दलका युवाहरु लिङ्देनको पुतला दहन गर्दै कोण सभा पनि गरेका थिए । तरुण दलका नेता अरविन्द मण्डलको नेतृत्वमा सो विरोध कार्यक्रम भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’