राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री

२०८२ बैशाख १४ आइतबार
सारांश
  • आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको बताएका हुन् ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभैई इमानको राजनीति गर्ने बताएका छन् । 


आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको बताएका हुन् । 


‘हामी सचेत छौँ । हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो । भ्रष्टाचारको राजनीति हैन, पैसा कमाउनको लागि, पदको दुरुपयोग गर्नको लागि, आफन्तको बन्दोबस्थ गर्नको लागि, आफ्ना मान्छे जागिर खुवानको लागि हैन । सामाजिक परिवर्तनको लागि प्रयास गरिरहेका छौँ भन्ने कुरा हामीले कहिलेपनि हेक्का छोड्नुहुँदैन,’ उनले भने । 


मदन भण्डारीलाई सम्झँदै उनले मदन भण्डारी फाउण्डेशनले जनताको बहुदलीय जनबादलाई प्रक्रिदै ढृणताका साथ अघि बढ्ने बताए । उनले फाउण्डेशनले मदन भण्डारीको विचारलाई जोगाइराख्ने बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार