शिक्षक आन्दोलनप्रति सरकार ‘सुतुरमुर्ग’जस्तो भयोे : सांसद केसी

२०८२ बैशाख १४ आइतबार
सारांश
  • आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखःद भएको बताएका हुन् ।

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखःद भएको बताएका हुन् ।


उनले भने, ‘लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखद् हो । शिक्षकले पनि आफ्नो दायित्व बुझ्न जरुरी छ । सरकारको निर्णयबाट पूरा हुने माग तत्काल र निश्चित समयसीमाभित्र ऐन जारी गर्ने प्रतिबद्धता संविधानसँग जोडिएका विषय संशोधनमा प्राथमिकता दिने गरी सहमतिबाट तत्काल समाधान निकालियोस् । नत्र यसको गम्भीर परिणामको जिम्मेवार सरकार नै हुनेछ ।’


साथै उनले शिक्षकले पनि आफ्नो दायित्व बुझ्नुपर्ने बताए । उनले सरकारको निर्णयबाट पूरा हुने माग तत्काल पूरा गर्ने र निश्चित समयसीमामा ऐन जारी गर्ने गरी सहमतिमार्फत निकास निकाल्न आग्रह गरे । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार