ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन : सांसद कार्की

२०८२ बैशाख १४ आइतबार
सारांश
  • आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताएका हुन्।

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद गंगा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताएका हुन्।


उनले भने, ‘ शिक्षकलगायतको जायज माग पूरा गर्न र शिक्षकहरुलाई विद्यालय फर्काउन सरकारसँग म जोडदार माग गर्दछु । आज सरकारको असक्षमताले सबै क्षेत्रमा अस्तव्यस्तता र आन्दोलन भइराखेको छ । ओली सरकारमै रहेका महत्वपूर्ण नेताहरुले सार्वजनिक रुपमै यो सरकार असफल भएको र राजीनामा दिनुपर्छ भनिरहेका छन् । चौतर्फी असफलताको घेराबन्दीमा परेको इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन ।’


साथै उनले सरकारले शिक्षकहरुको माग सम्बोधन गर्न तयार नहुँदा देशभरका बालबालिकाले पढ्न नपाइरहेको बताए । उनले लाखौं विद्यार्थीको भविष्यमाथि ओली सरकारले जानाजानी खेलबाड र मजाक गरिराखेको बताए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार