तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन
२०८२ बैशाख १२ शुक्रबार
- बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि प्रदर्शन गरिएको भए हतियार, बन्दुक प्रर्दशनकारीको साथमा भेटिनुपर्ने हो तर त्यो नभेटिएकाले राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण भएको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि प्रदर्शन गरिएको भए हतियार, बन्दुक प्रर्दशनकारीको साथमा भेटिनुपर्ने हो तर त्यो नभेटिएकाले राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण भएको बताएका हुन् ।
उनले भने,‘चैत्र १५ गते जुन घटना तीनकुनेमा घटयो । त्यसको एउटा भाष्य निर्माण गर्नुभएको छ–राजावादीको हिंसात्मक प्रदर्शन भनेर । त्यो हिंसात्मक प्रदर्शन थियो भने वा सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि थियो भने प्रदर्शकारीहरुबाट एउटा लाठीसम्म भेटियो ? हिंसात्मक हुनको लागि बन्दुक अन्य हतियार हुनुपर्ने थियो तर अहिलेसम्मको अनुसन्धानमा केही पत्ता लाग्यो त ?त्यसैले आयोग गठन गरेर निष्पक्ष छानविन गरि रविन्द्र मिश्र र दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्छु ।’
त्यस्तै उनले बजेट अधिवेशन सुरु हुन लाग्दा बजेट फेरिपनि नेताहरुको गोजीबाट बन्ने र नेताहरुको निर्वाचन क्षेत्र केन्द्रीत हुने भन्दै आशंका व्यक्त गरे ।
उनले भने,‘बजेट अधिवेशन सुरु हुन लागेको छ । बजेट फेरीपनि नेताहरुको गोजीबाट बन्ने नै हो । नेताहरुको निर्वाचन क्षेत्र केन्द्रीत हुने नै हो । तर पनि कामना गर्छु सुधार होस् ,बजेट पुस्तिका च्यात्नुपर्ने विरोध गर्नुपर्ने नबनोस । अहिलको कमजोर अर्थतन्त्रलाई सम्बोधन गर्ने र सुधार गर्ने खालको बनोस् ।’
त्यस्तै उनले राजतन्त्रको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु रहेको भन्दै राजतन्त्र र प्रजातन्त्र एक अर्कोको विकल्प नभएको बताए । राप्रपाले राजसंस्थाको कुरा गर्नु लोतन्त्रको विरुद्धको हो भन्ने गलत भाष्य नबनाउन पनि उनले आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।