शिक्षा र निजामती विधेयक चाँडो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण
२०८२ बैशाख १२ शुक्रबार
- शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २४ दिनसम्म सडकमा रहेका शिक्षकहरुको आवाज सरकारले नसुनेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयकलगायतका धेरै महत्वपूर्ण विधेयकहरुलाई छिटो भन्दा छिटो अगाडि बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २४ दिनसम्म सडकमा रहेका शिक्षकहरुको आवाज सरकारले नसुनेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘छिटोभन्दा छिटो भूकम्प पीडितहरुलाई राहत, क्षतिपूर्ति र पुर्नस्थापनाको व्यवस्था गरियोस् । बजेट अधिवेशन भएपनि धेरै विधेयकहरु थुप्रिएका छन् । त्यसमध्ये विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक लगायतका धेरै महत्वपूर्ण विधेयकहरुलाई छिटो भन्दा छिटो अगाडि बढाउनुपर्ने छ । विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाव दिने उदेश्यले शिक्षकहरु आन्दोलनको मोर्चामा छन् । २४ दिन भैइसक्यो, २४ दिनसम्म पनि शिक्षकहरुको आवाज सरकारले सुनिरहेको छैन । कानमा तेल हालेर बसिरहेको छ । सरकारले आन्दोलनलाई कुहाउने प्रयत्न गरिरहेको छ । शिक्षकका आवाजहरु सुनिएका छैनन् । तपाईं हामी सबैका गुरुहरु अहिले पनि यो चर्को गर्मीमा आन्दोलनमा छन् । म यो सरकारको यस विषयप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’
साथै उनले विद्यालय शिक्षा विधेयक वार्ता गरेर, छलफल गरेर छिटो भन्दा छिटो समाधान गर्नुपर्ने बताए । उनले सबै भन्दा ठूलो मागको रुपमा अगाडि सरिएको यो शिक्षा विधेयक अग्रगामी विषयवस्तु एजेण्डासहित पारित गर्न सरकारलाई आग्रह गरे ।
उनले भने, ‘भविष्यका कर्णधारहरुको अध्ययनलाई अलपत्र पार्ने गरी, अन्योलग्रस्त हुनेगरी आन्दोलनप्रति वेवास्ता गर्ने होइन । वार्ता, छलफल गरेर समस्याको छिटो भन्दा छिटो समाधान गर्नुपर्दछ । खासगरी अहिले सबैभन्दा ठूलो मागको रुपमा अगाडि सरिएको विद्यालय शिक्षा विधेयक पारित हुनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।