- शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आरोप र प्रत्यारोपको अन्त्यहिन दोहोरी, गणितिय शक्तिको बलमा उत्पन्न हुने अहंकारको प्रदर्शनलाई न्यूनिकरण गर्दै जनताको समस्या सम्बोधन गर्नुपर्ने बताए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राष्ट्रिय समस्या पहिचान र समाधानमा संसदमा रहेका दलबीच खुला ह्दयका साथ छलफल गर्ने वातावरण निर्माणमा सबै पार्टीको शीर्ष नेतृत्व र सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आरोप र प्रत्यारोपको अन्त्यहिन दोहोरी, गणितिय शक्तिको बलमा उत्पन्न हुने अहंकारको प्रदर्शनलाई न्यूनिकरण गर्दै जनताको समस्या सम्बोधन गर्नुपर्ने बताए ।
उनले भने, ‘यो बाहेक आरोप र प्रत्यारोपको अन्त्यहिन दोहोरी, गणितिय शक्तिको बलमा उत्पन्न हुने अहंकारको प्रदर्शन र विपक्षी भएका कारण जायज पक्ष र आवाज समेत नसुन्ने प्रवृत्ति न्यूनिकरण गर्दै राष्ट्रिय समस्या पहिचान र समाधान तथा नागरिकका आकांक्षा सम्बोधनमा संसदमा रहेका दलबीच खुला ह्दयका साथ छलफल गर्ने वातावरण निर्माणमा सबै पार्टीको शिर्ष नेतृत्व र सरकारको ध्यानाकर्षण गराउँदछु ।’
बजेटमा सिमित आर्थिक स्रोतको जोहो पनि गर्ने तर कार्यान्वयन पटकै नहुने प्रवृत्तिको निरन्तरतामा क्रमभंगता चाहिएको पनि उनको भनाई छ ।
उनले भने, ‘नीति तथा कार्यक्रम जनताको आकांक्षा र विकासको दृष्टिकोणबाट आउनुपर्छ न की सत्तारुढ दलको एकलौटी स्वार्थमा नीति तथा कार्यक्रमको बहानामा उडन्ते सपनाको बिस्कुन लगाउने बजेटमा सिमित आर्थिक स्रोतको जोहो पनि गर्ने तर कार्यान्वयन पटकै नहुने प्रवृत्तिको निरन्तरतामा क्रमभंगता चाहिएको छ ।’
यस्तै, उनले विद्यालय शिक्षा र निजामति कर्मचारी ऐन तत्काल बनाउनुपर्ने दबावलाई सचेतपूर्वक स्वीकार गर्दै तिब्र गतिमा काम अगाडि बढाउन पनि सदनलाई आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’