- कोशी प्रदेशकै उत्कृष्ट मध्येमा पर्ने सामुदायिक विद्यालय पोखरियामा नयाँ विद्यार्थी भर्ना हुनका लागि प्रवेश परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुनु पर्दछ । जस अनुसार प्रवेश परीक्षाको आवेदन खुलाएर अविभावककको दबाबका बिच गरिएको परीक्षाका कारण अवस्था तनावग्रत बनेको हो ।
इटहरी : गत शनिवार मोरङको विराटनगर महानगरपालिकास्थित पोखरिया माध्यमिक विद्यालयमा अभिभावक र शिक्षक महासंघका प्रतिनिधिबिच घम्साघम्सी कै अवस्था सिर्जना भयो ।
कोशी प्रदेशकै उत्कृष्ट मध्येमा पर्ने सामुदायिक विद्यालय पोखरियामा नयाँ विद्यार्थी भर्ना हुनका लागि प्रवेश परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुनु पर्दछ । जस अनुसार प्रवेश परीक्षाको आवेदन खुलाएर अविभावककको दबाबका बिच गरिएको परीक्षाका कारण अवस्था तनावग्रत बनेको हो ।
शिक्षक महासंघका प्रतिनिधिहरूले आन्दोलनका कारण विद्यालयमा कुनै पनि गतिविधि सञ्चालन हुन नपाउने भन्दै परीक्षा भएको ठाउँमा अभिवाक र शिक्षकबिच नै घम्साघम्सीको अवस्था आएको थियो । विद्यालयका अनुसार जसोतसो प्रवेश परीक्षा त सम्पन्न भयो तर उनीहरूको नतिजा र भर्नाको निश्चित छैन् ।
नतिजाको ढिलाइका कारण अर्कोतर्फ उत्तीर्ण हुने बाहेकको भर्ना कहाँ हुनेमा पनि अन्यौलता रहेको छ । एकजना अभिभावक विद्यार्थी भर्ना नहुँदा समग्र शैक्षिक कार्यक्रममा नै असर पर्ने भएकाले बालबालिकाको मनोविज्ञानमा समेत असर पर्ने बताउँछन् । जसको कारण पनि शिक्षक आन्दोलन बनिरहेको छ ।
आन्दोलनमा ऐक्यबद्धता जनाएका कोशी प्रदेशस्थित मोरङको सुन्दरहरैंचाको सालीलाल माविका प्रधानाध्यापक श्यामबाबु काफ्ले विद्यालयको सम्पूर्ण गतिविधि रोकिएको बताछन् ।
उनले नेपाल न्यूज बैंकसंगको कुराकानीका क्रममा भने,‘भोलिसम्म पनि कुनै प्रकारको निकास आउन सकेन भने वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा समेत गर्न सक्ने अवस्था रहँदैन ।’
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोशी प्रदेशका पनि पाँच हजार बढी विद्यालयमा शैक्षिक गतिविधि बन्द भएको अवस्था छ । जसका कारण विद्यार्थी तथा अभिभावकमा सामुदायिक विद्यालयप्रति थप नकरात्मकता पैदा हुनेमा जानकारहरूको चिन्ता छ ।
सुनसरीको इटहरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गर्नुको विकल्प नहुने बताउँछन् । सामुदायिक विद्यालयप्रति हुने आशङ्का चिर्नका लागि पनि शैक्षिक गतिविधि सञ्चालन गर्नुको विकल्प नरहेको कार्कीको भनाई छ ।
आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्नेमा जोड
पोखरीया मावि विराटनगरका प्रधानाध्यापक खेमराज भट्टराई शिक्षक महासङ्घले पनि आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्नेमा जोड दिन्छन् । विद्यालयमा शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थी र अभिभावकको समेत दृष्टिकोण फरक परिरहेको उल्लेख गर्दै उनले विद्यालयको गतिविधि समेत अगाडि बढाएर लैजानुपर्ने बताए ।
उनी भन्छन्,‘हामीले अभिभावक र विद्यार्थीको पनि मनोभावना बुझ्नुपर्ने हुन्छ । भोली विद्यार्थी नै भएनन् भने हामीले कसलाई पढाउने ।’
यसबिचमा सामुदायिक विद्यालयमा आउन चाहनेले विद्यार्थीहरू पनि नीजिमा भर्ना हुन जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुनसक्छ । आन्दोलन महिना दिन पुग्न लाग्दा समेत निकास ननिस्कँदा कक्षा १२ को परीक्षा समेत नजिक आइरहँदा विद्यालयको गतिविधि चलायमान नहुँदा परीक्षा समेत अन्यौलता परेको छ ।
कसरी लैजान सकिन्छ आन्दोलन ?
पढाई पनि नरोक्ने र आन्दोलन पनि नरोक्ने तरिकाले समस्या समाधान निकाल्न दबाब समेत बढेको छ । भट्टराईका अनुसार पनि दरबन्दीमा रहेका तीन लाख शिक्षक सबै आन्दोलनमा जान सक्ने अवस्था समेत हुँदैन ।
विद्यालयबाट सीमित शिक्षक आन्दोलनमा जाने र सहभागी हुन नसक्ने शिक्षकलाई विद्यालयको काम गर्न सकिने उनले बताए । ‘हामीले यता पढाउने, उता आन्दोलन पनि सफल हुने भयो,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।