तराई–मधेश महिला संघ समिति गठन, संघको अध्यक्षमा बिन्दु ठाकुर

२०८२ वैशाख ७ आइतबार
सारांश
  • पार्टी अध्यक्ष वृषेश चन्द्र लालको औपचारिक जानकारीअनुसार संघको अध्यक्षमा बिन्दु ठाकुर चयन भएकी छन् । सचिवको भूमिकामा सुनिता वर्मालाई र कोषाध्यक्षमा राधिका देवीलाई जिम्मेवारी दिइएको छ ।

काठमाडौं :  तराई–मधेश लोकतान्त्रिक पार्टीको महिला भ्रातृ संगठन ‘तराई–मधेश महिला संघ’ को केन्द्रिय तदर्थ समिति घोषणा गरिएको छ ।


पार्टी अध्यक्ष वृषेश चन्द्र लालको औपचारिक जानकारीअनुसार संघको अध्यक्षमा बिन्दु ठाकुर चयन भएकी छन् । सचिवको भूमिकामा सुनिता वर्मालाई र कोषाध्यक्षमा राधिका देवीलाई जिम्मेवारी दिइएको छ ।


तराई–मधेश महिला संघको तदर्थ समिति गठन गर्नुको उद्देश्य महिलाहरूलाई संगठनको मूल धारमा ल्याउने र राजनीतिक नेतृत्वमा उनीहरूको उपस्थिति मजबुत बनाउने रहेको छ ।


नवनियुक्त अध्यक्ष ठाकुरले भनिन्, ‘महिलाहरूको न्यायपूर्ण सहभागिताविना समावेशी लोकतन्त्रको कल्पना अधुरो हुन्छ । तराई–मधेश महिला संघ अब महिलाको हक, अधिकार र आवाजको प्रतिनिधि बन्नेछ ।’


समितिमा मनोनित सदस्यहरूमा बिभा ठाकुर, बिमला साह, पूनम झा, निर्मला झा, रामकुमारी बिन, अञ्जना दत्त, रागिनी देवी कर्ण, चन्द्रकला राउत, मञ्जू यादव, अनिता महरा, सुनिता कर्ण, निर्मला सिंह, पिंकी पण्डित, रेखा बैठा, ललिता देवी, रिंकी कुमारी पासमान, रुन्टी साह र मेघा कुमारी रहेका छन् ।


तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले नयाँ समितिलाई शुभकामना दिँदै महिला नेतृत्व सशक्त रूपमा अघि बढ्ने संकेत गरेका छन् ।


उनले भने, ‘हामी महिला नेतृत्वलाई सच्चा अर्थमा निर्णयको केन्द्रमा ल्याउन चाहन्छौं । यो समिति हाम्रो नीतिगत परिवर्तनको प्रारम्भिक प्रतिबिम्ब हो ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार