- शनिबार राष्ट्रिय शासन शिखर सम्मेलन २०२५ कार्यक्रममा बोल्दै उनले बनेका कानूनको प्रभावकारी कार्यान्वयनको लागि सांसदहरुले सोच्ने, बुझ्ने र अध्ययन गर्ने आधार नभएको बताएका हुन्
काठमाडौं : सभामुख देवराज घिमिरले कानून कार्यान्वयनको सम्बन्धमा सांसदहरुले अध्ययन गर्ने आधार नभएको बताएका छन् ।
शनिबार राष्ट्रिय शासन शिखर सम्मेलन २०२५ कार्यक्रममा बोल्दै उनले बनेका कानूनको प्रभावकारी कार्यान्वयनको लागि सांसदहरुले सोच्ने, बुझ्ने र अध्ययन गर्ने आधार नभएको बताएका हुन् ।
उनले भने, ‘बनेको कानूनको कार्यान्वयन कसरी भईरहेका छन् भन्ने कुरा संसदले जति सांसद हुनुहुन्छ उहाँहरुलाई सरकारले कसरी काम गरिरहेको छ हामीले बनाएका कानूनहरु कार्यान्वयनमा कसरी गईरहेका छन् । त्यसमा सुधार गर्नुपर्ने जरुरी छ कि छैन । संशोधन गर्न जरुरी छ कि छैन । कानूनको प्रभावकारी कार्यान्वयनको लागि सरकारलाई कसरी निर्देशन गर्ने यतापट्टि सोच्ने बुझ्ने अध्ययन गर्ने आधार छैन । उहाँहरु जे काम गर्दै गइरहेको छ त्यसमा व्यस्तताका साथ काम गर्न परेको छ ।’
सभामुख घिमिरले जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्ने बताए । ‘जिम्मेवारी तहमा सुशाषन दिने दृढता हुनुपर्यो जिम्मेवारी तहमा इमान्दार हुनुपर्यो र त्यो गर्छु भन्ने प्रतिवद्धताको साथै समर्पणको पनि जरुरी हो,’ उनले भने ।
उनले पछाडि परेका समुदायलाई अगाडि बढाउन परिणाममुखी ढङगबाट काम गर्नुपर्ने बताए ।
‘समाजमा पछाडि परेको समाजलाई अगाडि बढाउने कुरा लामो प्रक्रिया हो । भन्नेबित्तिकै आउँदैन । कानूनी प्रवर्धनले मात्र पनि त्यो आवश्यकता पुरा गर्न सक्दैन । तर नीति बनाएर कार्यान्वयनमा लागेपछि कुन हदसम्म पछाडि पारिएका परेका वा दुर्गम क्षेत्रकाहरुलाई समावेश गर्ने कुरा कति भएको छ यसको समिक्षा गर्दा देखाउने कुरामा भईरहेको छ भन्दा पनि परिणाममुखी ढङगबाट जानुपर्छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।