प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
२०८२ बैशाख ३ बुधबार
- अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य बिक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
बर्दघाट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् ।
अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य बिक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । उक्त कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।
सहिद थापा माओवादी जनयुद्धको क्रममा २०६० सालमा चितवनमा सहिद भएका हुन् । उनको योगदानको सम्मानस्वरूप निर्मित स्मृति केन्द्रले यस क्षेत्रमा स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’