नेपाली राजनीतिमा स्व.चन्द्रप्रसाद न्यौपानेको ठूलो योगदान छ : सभापति देउवा

२०८२ बैशाख ३ बुधबार
सारांश
  • बुधबार काठमाडौंमा आयोजित स्व.चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले न्यौपानेलाई नेपाली कांग्रेसको एक निष्ठावान, संघर्षशिल र लोकतन्त्रवादीको रुपमा चिनेको बताए ।


काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहार देउवाले नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनमा स्व.चन्द्रप्रसाद न्यौपानेको धेरै ठूलो योगदान रहेको बताएका छन् । 


बुधबार काठमाडौंमा आयोजित स्व.चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले न्यौपानेलाई नेपाली कांग्रेसको एक निष्ठावान, संघर्षशिल र लोकतन्त्रवादीको रुपमा चिनेको बताए । 


उनले भने, ‘स्व.नेता चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली कांग्रेसको एक निष्ठावान, संघर्षशिल र लोकतन्त्रवादीको रुपमा चिनेको छु । नेपाली राजनीतिमा र प्रजातान्त्रि आन्दोलनमा धेरै ठूलो योगदान दिनुभएको छ ।’


न्यौपानेले नपाली कांग्रेसको विभिन्न जिम्मेवार पदमा समेत रहेर भूमिका निर्वाह गरेको भन्दै उनले २०६२–६३ को जनआन्दोलनमा पटकपटक जेल जीवन समेत बिताएको स्मरण गरे । 
त्यस्तै, कांग्रेसका नेता मिनेन्द्र रिजालले चन्द्रप्रसाद न्यौपानेसँग आफ्नो पारिवारिक सम्बन्ध पनि रहेको भन्दै उनी एकदम सरल, शालिनपूर्ण र निष्ठावान व्यक्तित्व भएको बताए । कांग्रेसले उनलाई महत्वपूर्ण रुपमा सम्झनुपर्ने धारणा राखे । 


‘एकदम सरल, शालिनपूर्ण र निष्ठावान व्यक्तित्व नेता चन्द्रप्रसाद न्यौंपाने हुनुहुन्थ्यो । कांग्रेसले उहाँलाई सँधै एउटा नेताको रुपमा महत्वपूर्ण रुपमा सम्झनुपर्छ ’उनले भने 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार