कलममसीलाई धार्मिक पर्यटनको गन्तब्य बनाउन सरकार तयार छ : मन्त्री सिंह
२०८२ बैशाख २ मंगलबार
- मंगलबार चाँगुनारायण नगरपालिकाको कलममसीमा शुरु भएको शिवपुराण महायज्ञ उदघाटन समारोहमा सम्बोधन गर्दै उनले कलममसी क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताएका हुन् ।
भक्तपुर : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कलममसी धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताएका छन् ।
मंगलबार चाँगुनारायण नगरपालिकाको कलममसीमा शुरु भएको शिवपुराण महायज्ञ उदघाटन समारोहमा सम्बोधन गर्दै उनले कलममसी क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताएका हुन् ।
अहिले नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको भन्दै महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास पनि सिंहले व्यक्त गरे ।
१ सय ८ फिटको शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ कलममसीमा आजबाट शिवपुराण महायज्ञ शुरु भएको छ । करिब ७ वर्षअगाडि आफैले शिलान्यास गरेको सो स्थानमा भइरहेको महायज्ञमा सहभागि हुन पाउँदा खुशी व्यक्त गर्दै सिंहले लक्ष्यअनसार काम सम्पन्न गर्न आफूले सकेको सहयोग गर्ने पनि बताए ।
‘यो ठाउँ पनि ऐतिहासिक छ । अत्यन्त राम्रो स्थान पनि भएकाले ज्ञान प्राप्त गर्न र ध्यानका लागि उचित थलो हो,’उनले भने,‘१०८ फिटको शिवजीको प्रतिमा त बन्छ नै । काठमाडौंमा आउने पर्यटकलाई मन भुलाउन सक्ने । ध्यान गर्न सक्ने थलोका रूपमा यसलाई विकसित गर्नुपर्छ । तीनै तहको सरकार र भक्तजन मिलेर यो कार्यलाई फत्ते गर्न लाग्नुपर्छ ।’
उनले काठमाडौं आउने पर्यटकका लागि ध्यान गर्नका लागि कलममसीमा बन्दै गरेको मन्दिर र पार्क राम्रो गन्तव्य बन्नसक्ने बताए । मंगलबारबाट शुरु भएको शिव पुराण ज्ञान महायज्ञ १३ दिनसम्म चल्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’