पत्रकारको हत्या र प्रेसमाथिको आक्रमणबारे सम्पादकहरूसँग छलफल
२०८२ बैशाख २ मंगलबार
- नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले तय गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत रामेछाप शाखाले मङ्गलबार छलफल गरेको हो ।
रामेछाप: नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार सुरेश रजकको हत्या र प्रेस विरोधी गतिविधिलाई लिएर रामेछापमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले तय गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत रामेछाप शाखाले मङ्गलबार छलफल गरेको हो ।
पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेको अध्यक्षता र केन्द्रीय सदस्य नवराज पथिकको उपस्थितिमा भएको छलफलले विभिन्न पाँच बुँदे निष्कर्ष निकालेको छ ।
छलफलले पत्रकार रजकको हत्या भएको घटनमा विज्ञ सहितको छानबिन टोलीको गठन गरी निष्पक्ष छानबिन हुनुपर्ने, पत्रकार रजकलाई सहिद घोषणा गरी उनको नाममा कोष स्थापना गरेर हरेक वर्ष पत्रकारिता पुरस्कार वितरण गर्नुपर्ने, रजकको परिवारलाई राज्य र रजक कार्यरत मिडिया हाउसले उचित क्षतिपूर्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने, पछिल्लो समय सञ्चार माध्यमा र पत्रकारको सुरक्षा चुनौती बढेकाले राज्यले त्यसको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
गत चैत १५ गते काठमाडौँको तीनकुने स्थित एक घरबाट भिडियो खिचिरहेका पत्रकार सुरेश रजकलाई राजावादीको नाममा सञ्चालन भएको आन्दोलनको क्रममा घरभित्र थुनी आगो लगाएर हत्या गरिएको थियो । साही दिन अन्नपूर्ण पोष्ट दैनिक र कान्तिपुर टेलिभिजनको भवनमा आक्रमण गरी क्षति पु¥याइएको थियो । त्यस्तै हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी पत्रकारहरूको ज्यान लिने प्रयास गरिएको थियो ।
आक्रमणकारीले पत्रकार दिनेश गौतममाथि आक्रमण गर्दा खुट्टा भाँचिएको थियो । सोही दिन फोटो पत्रकार निरोज तामाङको क्यामेरा लुटिएको थियो ।
आन्दोलनकारीहरूले व्यक्तिको घरमा आक्रमण गरी क्षति पु¥याएका थिए भने व्यापारिक भवनका लुटपाट मच्चाएका थिए । त्यस्तै औषधी कारखानामा समेत आगजनी गरेका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सो घटनामा संलग्नलाई छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’