एन पी साउदले भने—कृषि र जलस्रोत पछि पर्यटन नेपालको तेस्रो आयस्रोत हो
३१ चैत्र, २०८१, आइतवार
- शनिवार काठमाडौंमा आयोजित पर्यटन साहित्य महोत्सव २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा धार्मिक पर्यटनको सम्भावना धेरै रहेकोले त्यसमा काम गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका नेता एन.पी. साउदले कृषि र जलस्रोत पछि पर्यटन नेपालको मुख्य आयस्रोत भएको बताए ।
शनिवार काठमाडौंमा आयोजित पर्यटन साहित्य महोत्सव २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा धार्मिक पर्यटनको सम्भावना धेरै रहेकोले त्यसमा काम गर्नुपर्ने बताएका हुन् ।
उनले भने,‘नेपालमा आयस्रोत भएका तीन ओटा क्षेत्र छन् । पहिलो क्षेत्र कृषि नै हो जहाँ ७० प्रतिशत मानिसहरु काम गरिरहेका छन् । कृषिमा ज्यादा लगानी गर्न सके आम नेपालीसम्म सम्पन्नता, खुसी पुग्छ । दोस्रो जलस्रोत हो । बिजुलीको माग धेरै छ । तेस्रो महत्वपुर्ण स्रोत पर्यटन हो । नेपाल जस्तो सुन्दर ठाउँ संसारमा भेटिन गाह्रो छ । भुगोलमा हाम्रो जस्तो विविधता भएको ठाउँ कतै छैन । हाम्रो पर्यटन क्षेत्रको सम्भावनाको लागि हाम्रो धार्मिक पर्यटनबाट पनि ठुलो फाइदा लिन सकिन्छ ।’
उनले नेपालमा केही भएको छैन भन्न नहुने भन्दै अहिले हरेक ठाउँमा विकासको काम भईरहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’