सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस : सभापति देउवा
३० चैत्र, २०८१, शनिवार
- बिपि कोईराला जस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी स्थापना भएको छ यसले अवश्य नै सच्चा मान्यमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ ।’
काठमाडौँ, ३० चैत । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बद्नाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७ औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बद्नामी भईरहेको भन्दै यस्तो अवस् स्थापना भएको सहकारीले सच्चा मान्यमा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बद्नाम र आलोचना हुने काम गर्ने छैन् भन्ने विश्वास छ । अहिले सहकारीको धेरै ठूला् बद्नामि भईरहेको छ, यस्तो हुनु हुदैँन् । बिपि कोईराला जस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी स्थापना भएको छ यसले अवश्य नै सच्चा मान्यमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ ।’
सोही कार्यक्रममा वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एंव काङ्ग्रेसका नेता उमेश जंग रायामाझीले यो सहकारी रविको सहकारी नभएको भन्दै यसले भ्रष्टाचार र ठगि नगर्ने बताए ।
उनले भने, ‘केही कमि कमजोरीहरु भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौ । यो सहकारी रविको सहकारी होईन यसले भ्रष्टाचार गर्दैन, यो ठगि गर्ने संस्था होईन यो स्वास्थ्य सेवा दिने वीपिको नाममा स्थापना भएको संस्था हो । एक पैसा खाने छैन् र खान दिन छैन् ।’
वीपि कोईरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निशूल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ ।
उनले भने, ‘वीपि कोईरालाको नाममा खोलिएको हुनाले हामीले लोपोन्मुख १० जातिलाई निशूल्क सेवा गर्ने निर्णय गरेका छौ । कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि हामी सेवा दिन्छौ । कुनै पनि बिरामी हाम्रो अस्पताल आएपछि पैसा नभएका कारण बिना उपचार फर्किदैँन् । यही भावना लिएर हामी सातै प्रदेशमा जान लागेका छौ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’