तीन तहको सरकारबीच तालमेल मिले विकासको रफतार बढ्छ : डा.महत

२०८१ चैत २९ शुक्रबार
सारांश
  • शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले मझौला योजनाहरुलाई प्रदेश सरकारको नेतृत्वरमा गर्नुपर्ने धारणा राखे ।

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले तीनै तहको सरकारबीच तालमेल मिलाएर काम गर्नसके विकासको रफ्तार बढ्ने बताएका छन् ।


शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले मझौला योजनाहरुलाई प्रदेश सरकारको नेतृत्वरमा गर्नुपर्ने धारणा राखे ।


उनले साना योजना स्थानीय तह र ठूला योजना केन्द्र सरकारलेमात्र गर्ने गरी तालमेल मिलाएर काम गर्नसके देशमा विकासको रफतार अझ बढ्ने बताए । 


उनले तीनै तहको सरकारबीच समन्वय मिलाउन सकेमा सुशासन सुनिश्चित हुनुका साथै जनताका आवश्यकता र अधिकारलाई कार्यान्वयन गर्न सजिलो हुने उल्लेख गरे ।


नेपाली कांग्रेसले अहिले आर्थिक नीतिलाई लगानीमैत्री र रोजगारीमैत्री बनाउनेतर्फ लागेको डा.महतले जानकारी दिए । उनले कानुनी शासन अझ सार्थक बनाउन, संस्थागत गर्न, पारदर्शिता सुनिश्चित गर्न र भ्रष्टाचारलाई ठाडै नकार्ने लक्ष्यका साथ नेपाली कांग्रेसले काम गरिरहेको बताए ।


डा.महतले तराई क्षेत्रमा कृषिको रुपान्तरण र उद्योग व्यवसायीको विकासतर्फ नेपाली कांग्रेस गम्भीर रहेको धारणा राखे । उनले सिचाइँको समस्या समाधानका लागि कमला डाइभर्सन र मरिन डाइभर्सनले ठूलो भूमिका खेल्ने बताए । उनले बिउ बिजन र मलको समस्या समाधान गर्न सरकारले पाँचवटा नयाँ कानुन पारित गरेको जानकारी दिए ।


डा.महतले जनकपुरधामको सरसफाई र हरियालीमा ध्यान दिन मेयर मनोज कुमार साहसंग आग्रहसमेत गरे । उनले जनकपुरधाम धार्मिक नगरी भएकोले यहाँको सरसफाइमा ध्यान दिए यस ठाउँको गरिमा अझ बढ्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार