प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौं : मन्त्री सिंह
२०८१ चैत २८ बिहिबार
- बिहीबार काठमाडौंमा आयोजित अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खाली प्रचारबाजीको लागि मात्र नभएर जनताले महशुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताए ।
काठमाडौं : शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले महशुस गर्नेगरी विकासका कामहरु गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खाली प्रचारबाजीको लागि मात्र नभएर जनताले महशुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताए ।
उनले भने,‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौं ,त्यो गर्यौं भन्ने होइन कि जनताले महशुस गर्नेगरी नै अब चाँही हामीले काम गरेर देखाउने समय चाँही आइसकेको छ । त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ । जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौं । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचीत गराउनुपर्छ ।’
त्यस्तै उनले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए ।
‘आउने बजेटमा बागमती विष्णुमती सबै नदीमा हामीले गर्ने भनेको नदीहरुमा नबसाउनको लागि हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाए छैन् । नदीहरुको करिडोर बनाउने जुन काम छ ।त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्न लाग्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’