उज्वेकिस्तान गएका सभामुख घिमिरे नेतृत्व टोली स्वदेश फर्किए
२०८१ चैत २८ बिहिबार
- उज्वेकिस्तानको ताशकन्दमा आयोजित अन्तर–व्यवस्थापिका संघको सभामा सहभागी सभामुख घिमिरे नेतृत्वको टोली बिहीबार अपरान्ह स्वदेश फकिएको हो ।
काठमाडौं : सभामुख देवराज घिमिरको नेतृत्वमा अन्तर–संसदीय संघ (आईपीयु)को १५०औं सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलनमा सहभागी हुन गएको टोली स्वदेश फर्किएको छ ।
त्रिभुवन विमानस्थमा पत्रकार सम्मेलन गर्दै सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने र संसदीय कुटनीतिका माध्यमबाट संसारमा उत्पन्न भएका चूनौति सामना गर्न सकिन्छ भन्ने विषयमा सभा केन्द्रीत रहेको बताए ।
उनले भने,‘व्यवस्थापकीय कामहरुलाई कसरी लान सकिन्छ, व्यवस्थापकीय कामहरुका अनुभवहरु अतिरिक्त समस्याहरु के के हुन् ? तिनिहरुलाई कसरी उच्चस्तरबाट व्यवस्थापन गर्न सकिन्छ भन्ने छलफलहरु भए । कतिपय समजदारी, कतिपय निस्कर्ष, कतिपय योजनाहरु पारित भए । मूलत ः नीतिगत संसदलाई कसरी प्रभावकारी पार्न सकिन्छ भनेर १५० औँ महासभा केन्द्रित रहयो ।’
सभामुख घिमिरे नेपालको सबैभन्दा गम्भीर चुनौतीका रूपमा जलवायु परिवर्तन रहेको बिषय आफूले सभामा उठान गरेको बताए ।
असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको जानकारी दिए।
विश्व समूदायमा नेपालले आकर्षण ढंगले आफ्नो उपस्थीति जनाएको भन्दै उनले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।