कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव

२०८१ चैत २७ बुधबार
सारांश
  • जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस–कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यन्यवन नभएको बताए ।

रौतहट : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्ट मिलेर बनेको यो सरकार असफल भएको दाबी गरेका छन ।


जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस–कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यन्यवन नभएको बताए  । 


उनले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधन गर्ने भानिएको भएपनि पुरा नभएको जिकिर गरे । 


उनले अहिले नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र भइरहेको  बताए । संविधान संशोधन गर्ने नियत यो सरकारको नभएको उनको भनाइ छ ।

 
उनले भने, ‘आज मुलुकमा सुशासनको नाममा कुशासन चलिरहेको छ । देशमा सुशासनको नाम निशाना नै छैन । भ्रष्टाचार नियन्त्रणको कुरा छोड्यौ । आज भ्रष्टाचारतन्त्र, लुटतन्त्र, कमिसनतन्त्र देशको यो अवस्था नेपालको इतिहासमै मैले कहिलै देखेको थिइन् ।’

  
पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले देशको अर्थतन्त्र धरासायी बनेको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको औल्याए । 


जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन रौतहटको मध्य गरुडामा सुरु भएको छ । अधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादव रौतहट आएका हुन ।  बुधबारसम्म चल्ने अधिवेशनले जसपा नेपाल रौतहटको नयाँ नेतृत्व चयन गर्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार