जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान, काठमाडौंमा र्याली
- सोही आन्दोलन अन्तरगत आज मंगलबार राष्ट्रिय जनमोर्चाले ¥याली निकालेको छ ।
काठमाडौं : राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ ।
सोही आन्दोलन अन्तरगत आज मंगलबार राष्ट्रिय जनमोर्चाले ¥याली निकालेको छ । प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनस्थापना लागि प्रयत्न गरिरहेका भन्दै त्यस प्रकारको प्रतिरोधको सामना गर्नु पनि अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको जनमोर्चाको भनाई छ ।
नेपालको राष्ट्रियतामाथि लगातार आक्रमण बढाउँदै लैजानुका साथै अब उनीहरूले नेपाललाई युद्धको अखडा बनाउन पनि प्रयत्न गरिरहेको हुनाले नेपालका शासक वर्ग वा विभिन्न राजनीतिक पार्टीहरूका साम्राज्यवादपरस्त नीतिहरूका कारणले त्यो खतरा अरू गम्भीर बन्दै गइरहेको उनीहरुको भनाइ छ ।
उपर्युक्त अवस्थामा, एकातिर, नेपालमा हस्तक्षेप र अतिक्रमण बढाउँदै गएका सबै साम्राज्यवादी शक्तिहरूका विरूद्ध संघर्ष गर्दै र अर्कातिर, तिनीहरूप्रति सम्झौतापरस्त नीति अपनाएर देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता तथा शान्ति र सुरक्षामा समेत बाधा पुन्याउँदै लगिरहेका राजनीतिक शक्तिहरू समेतको भण्डाफोर गर्दै देशको राष्ट्रियताका पक्षमा व्यापक ऐक्यवद्धता कायम गर्नुपर्ने आवश्यकताप्रति पनि राष्ट्रिय जनमोर्चाले सम्पूर्ण नेपाली जनताको ध्यान आकिर्षत भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।