आज प्रतिनिधिसभा अन्तरगतका तीन समितिको बैठक बस्दै

२५ चैत्र, २०८१, सोमवार
सारांश
  • प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ ।

काठमाडौं, २५ चैत । प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ ।

 

सोमबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ ।

 

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको ३ बजे बसिने छ ।

 

यसैगरि, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक विहान १० बजे बस्ने छ । बैठकमा मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्वन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार