बेठिक कुराको आलोचना गर्नुपर्छ, ठिक कुराको सम्मान गर्नुपर्छ : युवराज ज्ञवाली
२०८१ चैत्र २४ आईतवार
- आइतबार मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै ज्ञवालीले जहाँ जहिले जुनसुकै कुरामा सकारात्मक र नकारात्मक कुरा हुने बताए ।
रामेछाप : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माक्र्सवादीले हरेक कुरामा द्वन्द्व हुन्छ भन्ने कुरा बिर्सन नहुने बताएका छन् ।
आइतबार मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै ज्ञवालीले जहाँ जहिले जुनसुकै कुरामा सकारात्मक र नकारात्मक कुरा हुने बताए । ‘कम्युनिष्ट सबैभन्दा पहिला द्वन्द्ववादी हुनुपर्छ, मन पर्दा सबै कुरा ठिक, मन नपर्दा सबै बेठिक भन्ने कुरा गलत हो’, उनले भने ।
देशमा लोकतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा गलत भएको ज्ञवालीले बताए । ‘तपाईँ हामी लडेर केही पनि भएन त रु तर जति हुनु पर्ने त्यति भएन, धेरै भएको छ, तर पुगेको छैन’, उनले भने ।
अहिलेको असन्तुष्टिलाई नयाँ परिवर्तनको लागि भएको असन्तुष्टिको रूपमा लिनु पर्ने उनले बताए । विवाद जहाँ पनि हुने बताउँदै उनले विवाद हुँदैमा जोगी हुन वा जङ्गल पस्न नसकिने उनले स्पष्ट पारे ।
सधैँ, विरोध र आलोचना गरेर अघि बढ्न नसकिने उनले स्पष्ट पारे । ‘बेठिक कुराको आलोचना गर्नुपर्छ, ठिक गरेको कुराको सम्मान गर्नुपर्छ’, उनले भने ।
टुटफुट र विभाजनबाट एक भएर अघि बढ्न र असहमतिका कुरामा छलफल गरेर सही बाटोमा अघि बढ्नु पर्ने उनको धारणा छ । गलत कुरालाई निषेध र राम्रो कुरालाई अघि बढाउँदै जानु पर्ने उनको धारणा छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदानका बारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरी टिप्पणी समेत गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।