देशमा विचौलियाहरुको विगविगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.कोइराला
२०८१ चैत्र २४ आईतवार
- आइतवार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिती एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका छन् ।
आइतवार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिती एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका हुन् ।
‘अहिलेको देशको राजनीतिक परिस्थिती एकदमै नाजूक छ । दिनदिनै खराब हुँदै गइरहेको छ । विचौलियाहरुको विगविगी भएको छ । हरेक ठाउँ वा हरेक तप्काका विचौलियाहरु विगविगी छ । तर यो सरकार निर्माण गर्दा जुन कल्पना गरिएको थियो त्यो हामीले अगाडि बढाउनै सकेनौं । काम नै भएको छैन् ।’
उनले देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताए । उनले राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए देश बन्ने बताए ।
‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन । उहाँहरु(सरकार)ले सुशासन दिन्छौ, देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन,’ उनले भने । उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुले प्रबृत्ति देखाउन थालेको पनि बताए ।
फरक प्रसंगमा डा.कोइरालाले केही स्थानमा राजनेता बीपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने,‘पश्चिमतिर वीपीको शालिकमा कालो मोसो दल्ने काम भएछ । त्यो राम्रो संस्कार होइन् । मोसो दल्दैमा बीपी कालो हुने पनि हैन् । वीपीबाट धेरै कुरा सिक्न जरुरी छ ।’
कार्यक्रममा पुस्तकका लेखक सुमन कर्मचार्यले राजनीति भनेको दर्शन हो तर राजनीति दर्शन अनुसार नचलेकाले आफूले कलम चलाएको बताए । उनले राजनीतिक खराबीका विरुद्ध कलम चलाइरहने प्रतिवद्धता पनि जनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’