सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएको छ : मन्त्री शाही
२०८१ चैत्र २४ आईतवार
- उनले अहिले धेरै ठाउँमा वन डढेलोले जैविक विविधताको नासदेखि वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको भन्दै सरकारले यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु गरिरहेको बताए ।
काठमाडौं : वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएर अगाडि बढिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित आगो सुरक्षा र इलेक्ट्रोनिक सुरक्षा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले धेरै ठाउँमा वन डढेलोले जैविक विविधताको नासदेखि वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको भन्दै सरकारले यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु गरिरहेको बताए ।
उनले भने,‘सरकारले जति पहल प्रयास गर्दा पनि अहिले धेरै ठाउँमा वन डढेलो लागिरहेको छ । जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको छ । त्यसैले सरकारले यसलाई गम्भिरताकासाथ लिएको छ । यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु भइरहेको छन् । सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएर अगाडि बढिरहेको छ । आगामि दिनमा पनि थप प्रभावकारी बनाउने सरकाले तयारी गरिरहेको छ ।’
त्यस्तै उनले आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति,वन्यजन्तुको नास ,व्यक्तिगत, सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठूलो असर र प्रभाव पारिरहेको बताए । समयक्रम अनुसार आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्युनिकरण गर्नको लागि अझै प्रयास गर्नुपर्ने देखिएको उनको भनाई छ ।
उनले भने,‘आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति,वन्यजन्तुको नास र यसले व्यक्तिगत सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठूलो असर र प्रभाव पारिरहेको छ । यसलाई समयक्रम अनुसार हामी अहिले बद्लिदो परिवेशमा छौं । त्यसले गर्दा आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्यूनिकरण गर्नको लागि धेरै प्रयासहरु भएका छन् । नेपालको सन्दर्भमा अझै हामी लाग्नु पर्ने देखिन्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।