- नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
थाइल्याण्ड, २० चैत । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।
नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका हुन् ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ । महासङ्घ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो । दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा आज बैङ्ककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गरे ।
यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ । साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । त्यस्तै नेपाल उद्योग परिसङ्घ र थाइ उद्योग महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषदबीच हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौता भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।