राजसंस्थाको माग गर्दै राप्रपा मकवानपुरले गर्यो विरोध प्रदर्शन

२०८१ चैत्र १८ सोमवार
सारांश
  • प्रदर्शनमा सहभागीहरूले नेपालमा राजसंस्था स्थापित हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए ।

मकवानपुर:राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले मकवानपुरको हेटौंडा–१० मा रहेको सीमाचोकमा विरोध प्रदर्शन गरेको छ । 

 

प्रदर्शनमा सहभागीहरूले नेपालमा राजसंस्था स्थापित हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए ।

 

कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए । उनले सरकारले नेपाली जनतालाई मार्ने बाहेक अरू केही नगरेको बताए । ‘सरकारले जुन क्रियाकलाप गरेको छ, त्यसको विरोधमा हामीले आज यो प्रदर्शन आयोजना गरेका हौँ,’ उनले भने ।

 

थापाले यो शान्तिपूर्ण विरोध भएको र आजदेखि थप आन्दोलनको तयारी हुने जानकारी दिए । काठमाडौंमा पत्रकारको मृत्युको घटनामा पनि प्रहरीको गल्ती रहेको उनको दाबी थियो ।

 

प्रदर्शनमा राजावादी समर्थकहरुको उल्लेख्य उपस्थिति थियो, र उनीहरूले राजाको समर्थनमा र सरकारको विरोधमा नारा लगाएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार