दुर्गा प्रसाईंको भिडियो सन्देश :‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’
२०८१ चैत्र १७ आईतवार
- आइतबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिकमार्फत उनले आफूलाई ‘गोञ्जालो’ बनाएर यो आन्दोलन दबाउन खोजिएको समेत आरोप लगाएका छन् ।
काठमाडौं : मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिकमार्फत उनले आफूलाई ‘गोञ्जालो’ बनाएर यो आन्दोलन दबाउन खोजिएको समेत आरोप लगाएका छन् ।
‘दुर्गा प्रसाईं तपाईहरुबाट टाढा छैन । केही १२ भाइ मिडिया हात धोएर मेरोपछि लाग्या छन् । यो नागरिक विद्रोहलाई सफल पार्न सबैजना लागिदिनुहोस् । म भागेको छैन, म भाग्दिनँ ।
पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । किनकी मलाई गोञ्जालो बनाएर यो आन्दोलन दबाउन खोजिएको छ । म सुरक्षितमात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हानिदिनु भन्ने प्रधानमन्त्रीबाटै आदेश छ भन्ने सुनेपछि म सुरक्षित मात्र बसेको हुँ । म नेपाल र नेपाली छोडेर म भाग्दिनँ । म भाग्न र झुक्न जन्मेको होईन् । बरु तपाईंहरुकै अगाडि मर्छु,’ उनले भनेका छन् ।
त्यस्तै उनले आन्दोलनका दिन बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डे«समा हतियारसहित अर्काको घरमा चढेर बसेको समेत आरोप लगाए ।
आफूलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेको थाहा पाएर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको दाबी गरेका छन् ।
‘चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डे«समा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन् । हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिइकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले । मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ,’उनले भने
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।