राजसंस्थालाई मागी खाने भाँडो बनाइयो, पूर्वराजालाई भ्रममा राखियो : अधिकारी
२०८१ चैत्र १६ शनिवार
- लामो समय नेपाली कांग्रेसको राजनीतिपछि हाल नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष बनेका राजेश अधिकारीको अगुवाइमा निर्माण गरिएको स्वर्गीय माधवराज अधिकारी र अकलादेवी अधिकारीको अर्धकदको शालिक अनावरण गरिएको हो ।
काठमाडौं : पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालालगायतका वरिष्ठ नेताहरु बसेको काठमाडौं महाराजगन्जस्थित एक निवासमा घरधनीको अर्धकदको शालिक अनावराण गरिएको छ ।
लामो समय नेपाली कांग्रेसको राजनीतिपछि हाल नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष बनेका राजेश अधिकारीको अगुवाइमा निर्माण गरिएको स्वर्गीय माधवराज अधिकारी र अकलादेवी अधिकारीको अर्धकदको शालिक अनावरण गरिएको हो । अधिकारीद्वयलगायत चार जनाले करिब २० बर्षअघि स्वर्गद्धारीमा सवारी दुर्घटनामा ज्यान गुमाएका थिए ।
यसअघि चितवन २ नागरिक उनमुक्ति पार्टीबाट चुनाव समेत लडेका उपाध्यक्ष अधिकारीले शालिक अनावरण कार्यक्रममा बोल्दै नेपाली नेताहरुले आफ्नो जिम्मेवारी भूलेको बताए ।
उनले भने, ‘नेपाली जनताले परिवर्तन खोजेका छन् । युवाले अवसर खोजेका छन् । शुक्रबार तीनकुनेको घट्ना जनताको आक्रोश हो । रुपान्तरणकारी शक्तिलाई विश्वास गरेको अवस्थामा सरकारको दिग्भ्रमितपन हो । उहाँहरुको वेहोसीपन हो र उहाँहरुको डरछेरुवापन हो । उहाँहरुले राज्य आतङ मच्चाएर राज्यको शक्तिमा जनताले कर तिरेको पैसाबाट लगाएका प्रहरीहरुको दुरुप्रयोग गरेर गरेको परिणाम हो । त्यो राज्यले भोग्नुपर्छ ।
पत्रकारको मृत्युवरणसम्मको कुरा अत्यन्तै खेदपुर्ण छ । सरकारले नैतिकताको आधारमा गृहमन्त्री र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ र नयाँ विकल्पको खोजी गर्नुपर्छ । नागरिक उन्मुत्ति पार्टीको माग पनि हो ।’
यस्तै उनले राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई भ्रममा पारेर राजसंस्थालाई मागी खाने भाडो बनाएको बताए ।
‘राप्रपाभित्र यति धेरै पुरातन सोचको जरा गाडेको छ नि त्यहाँभित्र नयाँ, नौलो रुप नै छैन् । राजालाई कुन हदसम्म संवैधानिक अधिकार दिने भन्ने विषय प्रस्ट पारेर आउनुपर्छ ।
उहाँहरुको हिन्दु राज्य एउटा बटमलाइन देखिन्छ र राजसंस्थालाई मागी खाने भाडो बनाएका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई उहाँहरुले झुक्याइरहेको जस्तो देखिन्छ । उहाँलाई झुक्काउने र फसाउने र राजाको नाममा आफूले राजनीति गर्न खोजेको जस्तो देखिन्छ,’ उनले भने । उनले कानून संशोधन गर्नुपर्ने र संघीयता थेग्न नसक्ने हो भने हटाउनुपर्ने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।