आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रबिन्द्र मिश्र

२०८१ चैत्र १५ शुक्रवार
सारांश
  • उनले सामाजिक सञ्जालमार्फत कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोधसम्म गरेका छन् ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । 


उनले सामाजिक सञ्जालमार्फत कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोधसम्म गरेका छन् । 


उनले लेखेका छन्,‘आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ । कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु । अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन् ।’


राजावादीहरुको आन्दोलनले उग्र र नियन्त्रणबाहिर गएपछि मिश्रको यस्तो धारणा आएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार