- साथै, उनले बुधबार युवा संघले ‘भोलेन्टियर फोर्स’ गठन गरेको बताउँदै उनीहरूले नगरप्रहरीको प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्।
काठमाडौं: नेकपा एमालेका युवा नेता महेश बस्नेत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को विरुद्धमा खनिएका छन्।
काठमाडौं टावरको नक्सा पास सम्बन्धी विवाद टुंग्याउन नसकेर दोषको भारी प्रमुख प्रशासकीय अधिकृतमाथि भिडाउने प्रयत्नमा सफल नभएपछि बालेनले प्रचार-प्रसार गर्दै स्टन्टवाजी गरेको आरोप लगाउँदै महेश बालेनमाथि खनिएका हुन्।
साथै, बालेनले स्वकीय सचिव भूपदेव शाहमार्फत स्टन्टवाजी गरी अरुमाथि आरोप थुपार्ने काम गरेको जिकिर यदि प्रधानमन्त्री केपी शर्मा ओली र आफूहरूप्रति बालेनले रिसइबी साधेको भए बालेनको डोजर जति चल्यो चल्यो, अब चल्न नदिने चेतावनीसमेत महेशले दिएका छन्।
‘काठमाडौं टावरको नक्सा पास सम्बन्धी विवाद टुंग्याउन नसकेर दोषको भारी प्रमुख प्रशासकीय अधिकृतमाथि भिडाउने प्रयत्न सफल नभएपछि सरकारको मिलेमतो रहेको दावी गर्दै काठमाडौं महानगरको निर्णय भन्दै उक्त टावरको भवन भत्काउने निर्णय गरेको भनी आफ्नो स्वकीय सचिव भूपदेव शाहमार्फत मेयर बालेन शाहले प्रचारको अर्को स्टडन्टबाजी गर्न भ्याएछन्,’ समाजिक सञ्जालमा महेश लेख्छन्।
साथै, उनले बुधबार युवा संघले ‘भोलेन्टियर फोर्स’ गठन गरेको बताउँदै उनीहरूले नगरप्रहरीको प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्।
उनले अगाडि थपेका छन्,’यो निर्णय साँच्चै भएको हो भने उनको लागि यो घातक हुनेछ। आग्रह कुण्ठा र रिसइबी साँधेर प्रमुख प्रशासकीय अधिकृतलाई हतियार बनाएर सरकारसँग र एमालेसँग बालेन लड्न खोजेको हो भने जनता मारा उनका डोजर आजसम्म जति चले चल्यो अब चल्ने छैन। नगर प्रहरीहरू माथि जनताले प्रतिवाद गर्नेछन् र जनता विरोधी उनको नगर प्रहरी र त्यसको नाइके राजु पाण्डेलाई जनताले लखेटने छन्। युवा संघको आज गठित भोलेन्टियर फोर्सले जनतालाई साथ दिनेछ।’
पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पास सम्बन्धी विषयले यतिबेला मेयर बालेन र प्रधानमन्त्री ओलीबीच टकराव उत्पन्न भएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमित तवरबाट काठमाडौं टावरको नक्सापास गरिदिएको आरोप मेयर शाहले लगाएका थिए। यसमा सरकारको पनि मिलेमतो रहेको आशंका बालेनले गरेका छन्।
यसै विषयमा ओलीको प्रतिरक्षामा महेश बस्नेत उत्रिएका हुन्। उनी यसअघि पनि विभिन्न अन्तर्वार्ता तथा सामाजिक सञ्जालमार्फत बालेनमाथि खनिएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।