शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई
२०८१ चैत्र १२ मंगलवार
- २०८० माथि दफावार छलफलमा बोल्दै उनले बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनिरहेको तर राज्य र विश्वविद्यालयको सम्बन्ध के हो भन्ने ऐन बन्न नसकेको बताइन् ।
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा गुणस्तरीयताको विषयमा अहिलेसम्म केही नियम नबनेको बताएकी छिन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफलमा बोल्दै उनले बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनिरहेको तर राज्य र विश्वविद्यालयको सम्बन्ध के हो भन्ने ऐन बन्न नसकेको बताइन् ।
उनले भनिन्,‘ जतिपनि शिक्षा क्षेत्रलाई विस्तार गरिरहेका छौं । त्यसको गुणस्तरीयको विषय अहिलेसम्म केहीपनि नियम बनाएका छैनौं । बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनाइरहेको छौं । तर राज्य र विश्वविद्यालयको सम्बन्धमा अझै मौन छौं ।’
त्यस्तै उनले कयौं वर्षसम्म पद उन्नती नभएर पीडित भएको उदाहरणहरु सुनाउँदै उनले बढुवाको र सुरक्षाको विषय पनि सँगसँगै छलफल गर्नुपर्ने धारणा राखिन ।
‘म आफै विश्वविद्यालयबाट आएको हुँ । त्यहाँको पीडा मलाई थाहा छ । कयौं वर्षसम्म प्रमोसन नभएर पीडित भएर गएका उदाहरणहरु छन् । त्यसैले बढुवाको कुरापनि गर्नुपर्छ । उसको सुरक्षाको कुरा पनि सँगसँगै गर्नुपर्यो,’ उनले भनिन्
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।