कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : ओली

२०८१ चैत्र १२ मंगलवार
सारांश
  • मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले अध्यक्ष प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै प्रमिथस बन्न खोजेको आरोप लगाए ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको बताएका छन् । 
मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले अध्यक्ष प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै प्रमिथस बन्न खोजेको आरोप लगाए । 


उनले भने, ‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो । पृथ्वीका मान्छेहरुलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरुमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो । अघिल्लो चार वर्षको कार्यकाल पूरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो । त्यसबेला ल्याउनुभएको थियो कि ।  उहाँले नियुक्ती गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर आउनुभयो कि ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रुपमा, जादुको रुपमा व्याख्या गर्ने ? कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।’


त्यस्तै उनले बाहिरबाट खोजेर नल्याई त्यहींबाट अवकाशप्राप्त भइसकेको मान्छेलाई नियुक्ति गरेको भन्दै प्रचण्डले निस्काशन गरेर वा सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिएको बताए ।


उनले भने, ‘एकजना मित्रको स्टटास देख्या थिएँ । त्यहाँबाट अवकाशप्राप्त भइसक्या मान्छेलाई, त्यहीँबाट हुर्किएर आएको त्यहीँको मान्छेलाई वा क्याडरलाई नियुक्ती दिएको हो । बाहिरबाट खोजेर ल्याएको होइन् ।  त्यस्तो मान्छे उहाँले निस्काशन गर्नुभयो वा सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिनुभयो जहाँ उसको कार्यक्षेत्र होइन । अनि रिटायर्ड मान्छेलाई फेरि ल्याएर राखिदिनुभयो ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार