ओलीजी र म गोलघरमा सँगै बसेका हौं, सम्बन्ध पूरानै हो : देउवा
२०८१ चैत्र १२ मंगलवार
- मंगलबार काठमाडौंमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले आफूहरु जेलदेखिकै साथी रहेको भन्दै आगामी दिनमा पनि पूर्ण साथ समर्थन रहेको बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले आफूहरु जेलदेखिकै साथी रहेको भन्दै आगामी दिनमा पनि पूर्ण साथ समर्थन रहेको बताएका हुन् ।
उनले भने,‘ओलीजी र कांग्रेबीच समन्वय भएको छ । हामी जेलमा पनि सँगै बसेको हौं । हामी त जेलभित्रको पनि जेल गोलघर भन्ने ठाउँ छ त्यहाँपनि सँगै थियौं । त्यसैले पनि हाम्रो सम्बन्ध राम्रो छ । अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं । अहिले सत्तामा सहकार्य गरिरहेका छौं । कांग्रेसबाट उहाँलाई पूरा सपोर्ट छ ।’
त्यस्तै उनले गिरिजाप्रसाद कोइरालाले आफूलाई पार्टीबाट निकाल्दा आफूले अर्को पार्टी खोलेको स्मरण गर्दै आफूहरुबीच उतारचढावको सम्बन्ध रहेको बताए ।
उनले भने,‘ गिरिजाप्रसाद कोइरालाजीको कुरा गर्दा सम्बन्धमा धेरै उतारचढाव आए । उहाँले मलाई पार्टीबाट निकाल्नुभयो । मैंले अर्को पार्टी खोलें । त्यसैले उहाँसँगको सम्बन्ध चाँही उतारचढावको सम्बन्ध छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’