समाज परिवर्तनमा शैक्षिक संस्थाहरुको महत्वपूर्ण भूमिका छ: मन्त्री सिंह
२०८१ चैत्र ९ शनिवार
- शनिबार ह्वाइट हाउस कलेजको २५ औ बार्षिकोत्सव समारोहमा बोल्दै उनले समाज परिवर्तनको लागि शैक्षिक संस्थाहरुबाट प्रशस्त अवसर पाएको समेत बताए ।
काठमाडौं:उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक संस्थाहरुले समाज परिवर्तनका लागि प्रशस्त काम गरेको बताएका छन् ।
शनिबार ह्वाइट हाउस कलेजको २५ औ बार्षिकोत्सव समारोहमा बोल्दै उनले समाज परिवर्तनको लागि शैक्षिक संस्थाहरुबाट प्रशस्त अवसर पाएको समेत बताए ।
उनले भने, ‘राजनीतिक परिवर्तन देख्यांै । राजनीतिक परिवर्तनसँगै प्रजातान्त्रिक व्यवस्था आएपछि हाम्रो समाजले ठुलो फट्को मारेको छ । यस्तो कुरालाई महशुस गर्नुपर्छ । शिक्षाको कुरा गर्दा ६० बर्ष अगाडिको नेपालको शिक्षाको अवस्था र अहिलेको अवस्थामा धेरै नै अन्तर आएको छ । सोचाईमा सकरात्मक सोच राखेर आफ्नो कार्यहरु अगाडि बढाएमा राम्रो हुन्छ ।
शैक्षिक संस्थाहरुबाट समाज परिवर्तनका लागि प्रशस्त कामहरु भएका छन् । त्यो अवसरलाई सहि सदुपयोग गरेर अगाडि बढ्नु नै सबैको लागि हितकारी हुन्छ ।’
उनले वालवालिकाको भविश्य सुनिश्चित गर्न यस्ता शैक्षिक संस्थाहरुले मद्दत गर्ने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’