भूकम्पबाट प्रभावित ठाउँमा स्थायी आवास निर्माण जारी छ : गृहमन्त्री
२०८१ चैत्र ७ विहिवार
- बिहीबार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जुन ठाउँमा डिडिए भइसकेको छ त्यो ठाउँहरुमा स्थायी आवास निर्माणको काम पनि अगाडि बढिरहेको बताएका हुन् ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट प्रभावित भएका ठाउँहरुमा डिडिए गर्न बाँकी रहेको कामहरु एकदमै द्रुत गतिमा अगाडि बढिरहेको बताएका छन् ।
बिहीबार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जुन ठाउँमा डिडिए भइसकेको छ त्यो ठाउँहरुमा स्थायी आवास निर्माणको काम पनि अगाडि बढिरहेको बताएका हुन् ।
उनले भने, ‘पश्चिम नेपालमा भूकम्पबाट प्रभावित भएका ठाउँहरुमा डिडिए गर्न बाँकी रहेको कामहरु एकदमै द्रुत गतिमा अगाडि बढिरहेको छ । जुन ठाउँमा डिडिए भइसकेको छ त्यो ठाउँहरुमा स्थायी आवास निर्माणको काम पनि अगाडि बढिरहेको छ ।’
साथै उनले जाजरकोटमा पनि पुर्नस्थापन र पुर्ननिर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भइसकेको बताए । उनले गत असार र साउनमा अविरल वर्षाका कारणले बागमती, कोशी प्रदेशलगायतका अन्य ठाउँमा बाढी,पहिरो, डुबानले जुन क्षति भएको थियो अब तत्काल त्यसका लागि पनि डिडिएका सँगसँगै निजी आवासहरु अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी र थाई बनाउनुपर्ने ठाउँमा थाई बनाउने गरेर कामहरु अगाडि बढाउने बताए ।
उनले भने, ‘जाजरकोटमै पनि पुर्नस्थापन र पुर्ननिर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भैइसकेको छ । अनुदानमा जाने रकमको पनि प्रारम्भ भैइसकेको छ पश्मि नेपाल भूकम्पको । एक दुई वर्षदेखि रोकिएको कामहरु पनि सुरु भैइसकेको छ । गत असार र साउनमा अविरल वर्षाका कारणले खास गरेर बागमती, कोशी प्रदेशलगायतका अन्य पनि जुन ठाउँमा बाढी,पहिरो, डुबानले जुन क्षति भएको थियो अब तत्काल त्यसका लागि पनि डिडिएका सँगसँगै निजी आवासहरु अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी र थाई बनाउनुपर्ने ठाउँमा थाई बनाउने गरेर कामहरु अगाडि बढाउने कुराहरु पनि भएको छ । हामी चाँडै नै हप्ता दिन भित्रै हामी करिब करिब कामहरु पनि अगाडि बढाउँछौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।