- उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि आजको संसद बैठकमा बोल्दै घिमिरेले ती व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिँदै माफी मागेका हुन्।
काठमाडौं: यौन व्यावसाय सम्बन्धमा दिएको अभिव्यक्तिमा सांसद श्याम घिमिरेले संसदमा माफी मागेका छन्।
बुधबारको संसद् बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत उनले माफी मागेका हुन्। उनले चैत ३ गतेको संसद बैठकको विशेष समयमा बोल्दै यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए।
उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि आजको संसद बैठकमा बोल्दै घिमिरेले ती व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिँदै माफी मागेका हुन्।
‘यहीँ चैत ३ गते विशेष समय मैले अभिव्यक्त गरेको धारणा संसद हैसियतले विशेष समयमा अभिव्यक्त गरेको धारणा यो धारण पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक पनि धारणा होइन,’ उनले भने,’यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।