विवादास्पद कार्यक्रमका लागि सांसद सापकोटा विदेश जान लागेपछि कार्यक्रम स्थगित
२०८१ चैत्र १ शुक्रवार
- थाइल्यान्ड र कम्बोडियामा तय भएको कार्यक्रममा सहभागी हुन केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुवोध’ जाने तय भएकोमा अन्तिम समयमा स्थगित गरिएको हो ।
काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहको एक विवादास्पद कार्यक्रममा माओवादी केन्द्रका एक जना सांसद थाइल्यान्ड र कम्बोडिया जाने तय भएपछि पार्टीभित्र हंगामा हुन पुगेको छ । यसबारे प्रचण्डको सचिवालयले हस्तक्षेप नै गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
थाइल्यान्ड र कम्बोडियामा तय भएको कार्यक्रममा सहभागी हुन केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुवोध’ जाने तय भएकोमा अन्तिम समयमा स्थगित गरिएको हो ।
पार्टीमा समेत समन्वय नगरी उनी त्यहाँ जान लागेका थिए । जवकि माओवादी नेतृत्वले नै बद्री केसी समुहलाई स्वीकारेको छैन । यस्तो पृष्ठभूमिमा उनी पार्टीको नीतिविपरीत आफ्नै निर्णयका आधारमा जान खोजेपछि समस्या आएको हो ।
नेकपा माओवादी केन्द्रका एसिया प्रदेश समितिका अध्यक्ष शनि कुमार ओलीले सबै विषय स्पष्ट भएपछि भम्रण स्थगित भइसकेको बताए । ‘माननीय माधव सापकोटालाई उक्त कार्यक्रम अनाधिकारिक र विवादास्पद हो भन्ने जानकरी नभएर हो । सबै कुराको जानकारी भएपपछि उहाँको भ्रमण स्थगित भएको छ’, उनले भने । उनको भ्रमणबारे सञ्चारमाध्यममा खबर आएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले आवश्यक एक्सन लिँदै भ्रमण स्थगित गराएको बताइएको छ ।
केसी समुहको एनआरएनएले थाइल्यान्ड र कम्बोडियामा छुट्टाछुट्टै सम्मेलन गर्दैछ । थाइल्यान्डको बैंककमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन मार्च १५ र १६ मा हुँदैछ । यस्तै मार्च १८ र १९ मा कम्बोडियाको फोनमपेन्हमा १० औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन गर्दैछ । जुन दुबै सम्मेलनमा आफू सहभागी हुन लागेको सापकोटाले समेत स्वीकारेका थिए । भ्रमण स्थगित भएपछि भने उनी सम्पर्कमा आएनन् ।
एनआरएनएभित्र जारी विवादका साथै सर्वोच्चले एकताको महाधिवेशन गर्न भनि दिएको परमादेशकाबीच केसी पक्षले उक्त सम्मेलन गर्न लागेको अभियन्ताहरु बताउँछन् । एनआरएनएको विवादका सन्दर्भमा गत चैत २१ गते सर्वोच्च अदालतले दिएको परमादेशअनुसार पूर्वअध्यक्ष शेष घलेले एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएका छन् ।
घले नेतृत्वको उच्चस्तरीय समितिले केसी पक्षलाई एकता विथोल्ने गरी कुनै पनि गतिविधि नगर्न चेतावनी दिँदै आएको छ भने विभिन्न नाममा हुँदै आएका सम्मेलन समेत अवैध भएको जिकिर गर्दै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।