‘वर्तमान सरकार आएर जनताहरुमा असन्तुष्ट पैदा भएको भन्ने कुरामा सत्यता छैन्’
२०८१ फागुन २७ मंगलवार
- मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी भएको अहिले रिसाए भन्ने कुरामा पट्टकै चित्त बुझाउन नसकिने बताए ।
काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आएर जनताहरु असन्तुष्ट र आक्रोसित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी भएको अहिले रिसाए भन्ने कुरामा पट्टकै चित्त बुझाउन नसकिने बताए ।
उनले भने, ‘जनता असन्तुष्ट छन्, र त्यो जनताहरु आक्रोसित पनि छन् । यो आक्रोसलाई नजरअन्दाज गर्नु हुदैँन् भन्ने कुरा म पनि मान्छु । ती जनताहरुको कुरा सुन्नु पर्छ र उनीहरुसँग संवाद गर्नुपर्छ भन्ने कुरा पनि मान्छु । तर उनीहरु किन रिसाएका छन् भन्ने कुरामा अहिले यो सरकार छ त्यही भएर रिसाएका हुन्, यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी थिए, यो सरकार आए त्यही भएर रिसाए भन्ने कुरामा भने पट्टकै चित्त बुझाउन सकिदैँन् ।’
यसको साथै, उनले प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो तर समस्यालाई संकटको रुपमा व्याख्या गर्ने गरि प्रश्न नगर्न आग्रह गरेका छन् ।
उनले भने, ‘प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो, गर्नै पर्छ तर हामीले यसरी व्याख्या गर्छौ कि यो समस्या होईन संकट हो । गयो, गयो डुब्यो सक्यो, भत्कियो, म हुदाँ ठिक थियो, क नहुदाँ सकियो ।’
म भन्दा राम्रो कोही छैन् म र मेरो समुह बाहेक बाँकी रहेको मानिसहरु सब खतम, सब भ्रष्ट र अयोग्य हुन् भन्ने प्रवृत्ति छोड्नु पर्ने पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।