समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत्र १५ गते काठमाडौंमा विरोध सभा गर्ने
२०८१ फागुन २७ मंगलवार
- उनले नेपाली जनताले बलिदान दिएर स्थापित गरिएको गणतन्त्रका विरुद्धमा गम्भिर षड्यन्त्र सुरु भएको पनि बताए ।
काठमाडौं: नेपाल समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आगामी चैत्र १५ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
मंगलबार नेकपा एसको कार्यालय आलोकनगरमा बसेको मोर्चाको ११ औं बैठकले आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगमन र प्रतिगामी हर्कतको खिलाफमा हजारौं जनताको उपस्थितिमा विरोध प्रदर्शन गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगमन र प्रतिगामी हर्कतको खिलाफमा काठमाडौंमा हजारौं जनताको विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने निर्णय भएको छ ।’
त्यस्तै, उनले नेपाली जनताले बलिदान दिएर स्थापित गरिएको गणतन्त्रका विरुद्धमा गम्भिर षड्यन्त्र सुरु भएको पनि बताए ।
उक्त हर्कत दुर्दशा निमत्याउने घटनाको रुपमा आएकोले सशक्त प्रतिवाद गर्न र आम जनताकोबीच अपिल गर्न आगामी चैत्र १ गते बिहान नेपालका सबै बुद्दिजिवीहरु नागरिक समाजसँग एउटा परामर्श छलफल कार्यक्रम तय भएको पनि जानकारी दिए ।
‘देशमा आश्चर्यजनक घटनाहरु घटाउने कुचेष्टा गरिएको छ । नेपाली जनताले बलिदान दिएर स्थापित गरिएको गणतन्त्रका विरुद्धमा गम्भिर षड्यन्त्र सुरु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर त्यसको अभ्यास गर्दै जाँदा आफैमा अनिवार्यता रहने सिमा रहेका कारण जनताले अझ विकास कसरी गर्ने भनेर चिन्तन गरेर आवाज उठाइरहेको बेला ६५ सालमा नेपाली जनताले हटाइ सकेको राजालाई पुनस्थापना गर्ने जुन हर्कत चलेको छ ।’ उनले भने ‘यो देश र जनताको विरुद्ध ठूलो प्रतिगामी षड्यन्त्र भइरहेको छ । समाजवादी मोर्चामा यो स्वीकार छैन् । यो हर्कत दुर्दशा निमत्याउने घटनाको रुपमा आएकोले सशक्त प्रतिवाद गर्न आम जनताकोबीच अपिल गर्न आगामी चैत्र १ गते बिहान नेपालका सबै बुद्दिजिवीहरु नागरिक समाजसँग एउटा परामर्श छलफल कार्यक्रम तय भएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।