मन्त्री दाहाल भन्छन्– म फेल भएको होइन, अलि बढी हौसिएको हुँ
२०८१ फागुन २३ शुक्रवार
- शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको विभिन्न विषयमा जवाफ दिँदै उनले आफू अली बढी हौसिएको तर कमजोर नभएको बताएका हुन् ।
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन मुल्यांकनमा आफू फेल नभएको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको विभिन्न विषयमा जवाफ दिँदै उनले आफू अली बढी हौसिएको तर कमजोर नभएको बताएका हुन् ।
उनले भने,‘पूर्व–पश्चिम, उत्तर–दक्षिणका राजमार्ग बन्दै छन् । जिम्मेवारी सम्हालेपछि सिद्धबाबा सुरुमागको ब्रेक थ्रु भएको छ । तीन सय बढी किमी कालोपत्रे भएको छ । हामी रेलको कुरा गरिरहेका छौं । सरकारले यस अवधिमा एक किलोमिटर रेलमार्गको लक्ष्य राखेको थियो । तर, तीन किमी लिग निर्माण भएको छ । तर स्मार्ट लाईसेन्स वितरणमा कमजोर देखियो । मैले पुस मसान्तसम्म नौं लाख स्मार्ट लाइसेन्स वितरण गर्छु भनेको थिएँ । तर, हालसम्म एक लाख ६९ हजार भन्दा बढी लाइसेन्स वितरण गरेका छौं । यसमा म अलि हौसिएछु ।’
साथै उनले मन्त्री दाहालले राजमार्गहरूमा अपेक्षित सफलता हासिल गरिएको बताए । ग्वार्को फ्लाई ओभरमा पनि हौसिएको मन्त्री दाहालको भनाइ छ । ‘ग्वार्को फ्लाई ओभरमा अलिक हौसिएछ । इपीसी मोडलमा बनाउन थालेका रहेछौँ । पुसमै सम्पन्न गर्ने भनिएकामा प्राविधिक कुरा आयो,’ उनले भने ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ७ अंकमात्र पाएपछि चौतर्फी आलोचना भोगिरहेका मन्त्री दाहालले आफू फेल नभएको कमजोर नरहेको जिकिर गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।